काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी विधि विधान अनुसार चल्न नसकेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा विपी कोइराला प्रतिष्ठान, खाँडादेवी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले पार्टीलाई विधान अनुसार चलाउन नसकेको दोष सवैले लिनुपर्ने पनि बताए ।


ADVERTISEMENT

# # #


पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवादका विषयमा पार्टी पदाधिकारीले हस्तक्षेप गर्नु विधान विपरित भएको उनको भनाई छ । उनले पार्टीको विधानले केन्द्रीय कार्य समितिबाट सो विवाद समाधान गर्नुपर्ने व्यवस्था भए पनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको उल्लेख गरे ।

पार्टीले विधानमा बाहिर गएर क्रियाकलाप गर्दै आएको उनले बताए । थापाले कांग्रेसले आफ्नो महाधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने धारणा पनि राखे । फरक प्रसंगमा थापाले कांग्रेस नेतृत्वको सरकारलाई सफल बनाउन सिंगो पार्टी लाग्नुपर्ने भन्दै सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताए ।

उनले कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई महशुस हुनेगरी काम गर्नुपर्ने बताए ।