काठमाडौं– नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ ।


ADVERTISEMENT


डिजिटल समयको सदूपयोग र ग्राहकको सहजीकरणलाई मध्यनजर गर्दै बैंकले सो सेवा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


बैंकका अनुसार, इच्छुक ग्राहकले बैंकको वेबसाइट(https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details) मा गई साना तथा मझौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् । यस सेवा सुचारुबाट ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान ‘नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’ अनुरूप रहेको छ ।

विगत ३७ वर्षदेखि निरन्तर सेवा दिदैँ आएको नबिलको हाल देशभर १३५ वटा शाखा कार्यालय रहेको छ भने १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्ट रहेका छन् ।