काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा.लि. को सेलपे सेवाले ‘एनीभर्सरी अफर’ लिएर आएको छ ।


ADVERTISEMENT


आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा सेलपे ले ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप वार्षिकोत्सवलाई संस्मरणीय बनाउन उक्त अफर ल्याएको जनाएको छ ।


ADVERTISEMENT

# # #


यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेबाट फोनपेका का जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (रु १ सय सम्म) र बम्पर उपहारमा ७ जना लक्की विजेताले सामसुङ ग्लालेक्सी एफ२२ जित्ने मौका पाउनेछन् । कम्पनीका अनुसार यो योजना साउन १० गते (आज)देखि श्रावन १६ गतेसम्म लागू हुने छ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । वास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने सेलपेका विशेषताहरु हुन् । सेलपेबाट विभिन्न सरकारी सेवाहरुको महसुल, अन्य कम्पनीका भुक्तानी, किनमेलको भुक्तानी गर्न सकिन्छ ।