काठमाडौँ– फुटबल प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनमा दिने घोषणा गरेका छन् ।


ADVERTISEMENT


एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण आफुले राजीनामा दिने घोषणा गरेको जानकारी उनले ट्विटरमार्फत दिएका हुन् ।


ADVERTISEMENT

# # #


जसमा उनले लेखेका छन्, ‘डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फामा जाँदैछु । मेरो राजीनाको कारण वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन सातादेखि प्रत्येक दिन ममाथि देखाएको नाटक हो ।’

अन्त्यमा उनले आफ्नो यस निर्णयबाट अब खुशी हुनु भन्दै नेम्वाङलाई मेन्शनसमेत गरेका छन् ।