काठमाडौँ– उद्योपति तथा एमालेका पूर्व सांसद विनोद चौधरीलाई कांग्रेसले समानुपातिक सूचीमा राखेको छ।


ADVERTISEMENT


कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा उनको नाम रहेको प्रचारप्रसार समिति संयोजक बालकृष्ण खाँणले जानकारी दिएका छन् । ‘उहाँलाई मधेसी, अल्पसंख्यक मारवाडी कोटाबाट समानुपातिकको सूचीमा राखिएको छ,’ नेता खाणले भने।


ADVERTISEMENT

# # #


कांग्रेसले उद्योगी व्यवसायी र कुशल व्यवस्थापकको रुपमा उनलाई स्वागत गरेको पनि उनले बताए।

‘अर्थतन्त्रमा कांग्रेसले लिएर आएको उदारवादी अर्थतन्त्र अभियानमा सघाउन‍ उहाँले नेपाली कांग्रेसलाई साथ दिनुभो,’नेपाली कांग्रेसले बताएको छ, ‘उद्योगी व्यवसायी र कुशल व्यवस्थापकहरुलाई कांग्रेसले स्थान दिन सक्छ। त्यसैले हामीले उहाँलाई स्वागत गरेका हौँ।’

समानुपातिक सूचीको सुरुआतीतिरै चौधरीको नाम भए उनी सा‌ंसद हुने पक्का छ। यसपालि समानुपातिकको बन्दसूची पठाइएको छ जुन सूचीका नाम तलमाथि हेरफेर गर्न पाइँदैन। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले मुलूकको समृद्धिका लागि नेपाली कांग्रेसमा आउन आग्रह गरेको विनोद चौधरीले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

आर्थिक समृद्धि, आर्थिक रुपान्तरण, नयाँ र समृद्ध नेपालको नारा सहित राजनीतिक यात्रा अगाडी बढाएको चौधरी ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका उनका छोरा निर्माण चौधरीले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

चौधरी यसअघि पहिलो संविधानसभामा नेकपा एमालेका समानुपातिक सांसद थिए।

नेपाली कांग्रेसले विनोद चौधरीलाई लेखेको पत्र यस्तो छ