काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले महंगोमा किनेरै भए पनि सरकारले जनतालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप उपलब्ध दोहोर्‍याएका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री नियुक्त भएकोमा बधाइ दिने बैठकमा सांसदलाई जवाफ दिँदै प्रधानमन्त्री देउवाले सरकारको पहिलो प्राथमिकता नै जनतालाई कोरोनाविरुद्धको खोप भएकाले जसरी भए पनि उपलब्ध गराउने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘हामीले ऋण गरेरै भए पनि, जति महंगो हुन्छ किनेर भए पनि, जहाँ जहाँबाट पाइन्छ लिएर भए पनि नेपाली जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता गरेका छौँ । अवश्य नै हामी जनतालाई खोप पुर्‍याउने विश्वास दिलाउन चाहन्छु ।’ उनले आफूले गरेका वाचा पूरा गरेरै छाड्ने बताए ।

प्रधानमन्त्री देउवाले वर्तमान सरकारको कार्यकाल १ वर्ष ७–८ महिना रहेकाले त्यो कार्यकालकमा सबै मिलेर केही न केही देखिने काम गर्ने दाबी गरे । उनले भने, ‘हामीले केही न केही भिजिबल हुने गरी काम गर्नेछौँ । हाम्रो सरकार छ, एक से एक अनुभवी नेताहरु हुनुहुन्छ ।’

प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिने सांसदहरुलाई धन्यवाद समेत दिए ।