काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन भनेर सांसदलाई ह्वीप नलाएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिँदै प्रमुख प्रतिपक्षी दलका उपनेता सुवासचन्द्र नेम्वाङले सांसदहरु स्वतन्त्र हुन्छन् भने पनि विश्वासको मित लिँदा कांग्रेसले आफ्ना सांसदलाई ह्वीप लगाएको बताएका थिए ।


ADVERTISEMENT

# # #


जवाफमा नेपाली कांग्रेसका सभापति समेत रहेको प्रधानमन्त्री देउवाले आफ्नो पार्टीले सांसदलाई ह्वीप नलगाएको जिकिर गरेका हुन् । उनले भने, ‘उहाँले (नम्वाङले) कांग्रेसले ह्वीप लगायो भन्नुभयो । हामीले कहिल्यै ह्वीप लगाएका छैनौँ । पार्टीका माननीय सांसदलाई काठमाडौँ आइदिनुहोस् भनेर अनुरोध गर्नु ह्वीप होइन नि ।’

उनले आफ्नो पार्टीका सांसदहरुलाई कांग्रेसले संसद अनिवार्य उपस्थित हुन भनेको बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘हामीलाई भोट हालिदिनुस् भनेर हामीले अरु पार्टीका सांसदलाई पनि त अनुरोध गरेका छौँ । संविधानतः हामीले अनुरोध गर्न पाइन्न भन्ने कहाँको नियम हो ? त्यो बाहेक हामीले केही गरेका छैनौँ ।’

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलले उठाएको कुराहरु पनि सरकार सुन्ने बताए ।