काठमाडौँ– सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि भन्दै बन्द गरिएको लामो तथा मध्यम दूरीका यातायात खुलाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालयको आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका निकायहरुले परीक्षाका कार्यक्रम सार्वजनिक गरेको र यसका लागि परीक्षार्थी तथा सर्वसाधारणलाई आवतजावतमा सहज होस् भन्नका लागि सबै किसिमको यातायात सञ्चालनका लागि अनुमति दिइएको प्रशासनको भनाई छ ।

प्रशासनद्वारा आज सार्वजनिक सुचनामा यातायात व्यवसायीलाई अनिवार्य रुपमा जनस्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरिएको छ । ‘परीक्षार्थी तथा सर्वसाधारणको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीहरुले जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातयातको व्यवस्था मिलाउन अनुरोध छ’, जारी सुचनामा भनिएको छ ।

यस्तै, मन्त्रालयले यात्रा गर्ने यात्रुलाई अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट काटेर मात्रै यात्रा गर्न समेत  अनुरोध गरेको छ ।

गत चैत ११ देखि बन्द भएको सार्वजनिक यातायातको सेवाअन्तर्गतको छोटो दूरीका यातायात भने सरकारको अनुमति पाएसंगै असार २६ गतेबाट नै  सञ्चालनमा आइसकेको छ ।