काठमाडौँ – प्रोग्रेशिभ फाइनान्स लिमिटेडले धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं २ भानुचोक तथा काभ्रेको पाँचखाल नगरपालिका वडा नं ४ मा शाखा कार्यालयहरु विस्तार गरी कारोबार शुरुवात गरेको छ ।


ADVERTISEMENT


वित्तीय संस्थाको शाखा कार्यालयहरु थप भएपछि १३ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्शन काउन्टरहरु मार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन् । यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाहरुबाट समेत प्रवाह गरिने संस्थाले जनाएको छ ।


ADVERTISEMENT

# # #


वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले नयाँ शाखाहरुले जनकपुर तथा पाँचखालका नगर क्षेत्रसहित आसपासका ग्राहकले उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु पाउने बताए ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सीआस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ ।

फाइनान्सले केही दिन भित्र नै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप ३ वटा शाखाहरु तथा एक विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी समेत गरिसकेको छ ।