काठमाडौँ– प्रभु बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।


ADVERTISEMENT


बुधबार एक समारोहबीच प्रभुको बबरमहस्थित केन्द्रिय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा कान्तिपुर डेण्टल अस्पतालका तर्पmबाट सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले प्रभु बैंकले आर्थिक सहयोग उपलब्ध गराउने एक सम्झौतामा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त सम्झौतामार्फत बैंकबाट उपलब्ध गराईएको आर्थिक सहयोगमा कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाई भोगिरहेका आर्थिक रुपमा विपन्न विरामीहरुको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको छ । यस्तै, यसबाट कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले अत्याधुनिक स्वास्थ्य सामाग्रीहरुको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् भन्ने बैंककोे विश्वास छ ।

यस्तै, बैंकले आगामी दिनमा समेत समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने प्रतिबद्वता जनाएको छ ।