काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेड र लाटोकोसेरो फुड प्रा.लि बीच व्यापारिक सम्झौता सम्पन्न भएको छ ।


ADVERTISEMENT


दुई संस्थाबीच उचित सम्बन्ध कायम गर्ने तथा चुस्त ग्राहक सेवा प्रवाह उद्देश्यका साथ गत मंगलबार सो सम्झौता गरिएको बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


सम्झौता अनुरुप, लाटोकोसेरो फुड्सले आगामी दिनमा बैंकका ग्राहकलाई उचित मुल्यमा खानाको सेवा प्रवाह गर्ने बैंकले जनाएको छ । जसअन्तर्गत बैंकका ग्राहकले बेकरी आइटममा १० प्रतिशत छुटसहित आफ्नो एटिएम कार्ड वा बैंकमा खाता भएको कुनै प्रमाण देखाएकै भरमा सम्झौता अनुरुप अन्य छुट समेत प्राप्त गर्न सक्नेछन् ।

देशव्यापी रुपमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको कामनाले यस सम्झौताबाट आफ्ना ग्राहकलाई धेरै हदसम्म राहत पुग्ने विश्वास लिएको छ । देशका विभिन्न स्थानमा आफ्ना १ सय २९ शाखा विस्तार गर्न सफल भएको कामनाको कुल हाल ७० एटिएम सञ्चालनमा छन् ।