भक्तपुर– भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।


ADVERTISEMENT


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर स्केलको भूकम्प गएको हो ।


ADVERTISEMENT

# # #


भूकम्प आज बिहान ७ः०५ बजे गएको केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईले जानकारी दिए । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । रासस