काठमाडौँ– नेपाली काग्रेसले नेकपा एमालेले नक्कली राष्ट्रवादका नाममा जनतालाई विभाजन गर्न खोजेको आरोप लगाएको छ । यस्तै उसले माओवादी केन्द्रलाई अवसरवादीको संज्ञा दिएको छ ।


ADVERTISEMENT


पार्टीले जारी गरेको घोषणापत्रमा माओवादी केन्द्रलाई अस्थिर राजनीतिक लाभ खोज्ने अवसरवादी र एमाले राष्ट्रिय एकता र समृद्धिको बाधक भएको आरोप लगाइएको छ


ADVERTISEMENT

# # #


बाम गठबन्धन : निरंकुश कम्युनिष्ट शासनतर्फ लैजाने खेल

कांग्रेसले बाम गठबन्धनलाई सत्ता स्वार्थको खेल भएको बताएको छ ।

एमालेको नेतृत्वमा कम्युनिष्ट गठवन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धी, आर्थिक प्रगती, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा पर्दै गएको उल्लेख गर्दै पछि देशमा एकदलीय एवं निरंकुश शासन लाद्यने रणनीति अपनाएको कांग्रेसले दाबी गरेको छ । ‘एमाले– माओवादीले राख्दै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, त्यसबाट प्राप्त हुने कथित राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नाराले देश र जनतालाई भ्रममा पार्न खोजिएको छ ।’ जारी घोषणापत्रमा भनिएको छ, ‘‘वस्तुत : संसदमा कम्युनिष्टहरुको वर्चस्वले स्थिरताको ग्यारेण्टी गर्दैन । यसै गरी एउटै व्यक्तिमा केन्द्रित कार्यकारी अधिकार भएको राष्ट्रपतीय प्रणालीले पनि स्थिरताको ग्यारेन्टी गर्न सक्दैन । यस्तो अवस्था देशलाई केवल निरंकुश कम्युनिष्ट शासनतर्फ लैजाने तथा मुलुकमा लामो समयसम्म द्वन्द्व सिर्जना गर्ने एउटा खतरनाक प्रयोग मात्र हुन सक्छ ।’

यस्तै नेकपा (एमाले) ले राजनीतिक पार्टीको चरित्र गुमाउँदै आफ्ना लेबी बुझाउने सक्रिय नेता र कार्यकर्ताका भातृ संगठनको माध्यमबाट अस्पताल–मेडिकल कलेज, एनजीओ संचालन, सहकारी संस्था,उद्योग, जलविद्युत्, आवास र बैकिङ्ग क्षेत्रमा लगानी र स्वार्थ भएको व्यावसायिक घरानाको भूमिकामा आफूलाई परिवर्तित गर्दै लगेको नेपाली कांग्रेसको आरोप छ ।

वृद्धभत्ता बढाउने, राज्यलाई भ्रष्टाचारमुक्त बनाउने

नेपाली कांग्रेसले जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्ने बाचा घोषणापत्रमा गरेको छ । प्रत्येक स्थानीय तहमा जेष्ठ नागरिक सेवा आश्रम बनाउने र आवास, भोजनदेखि सबै सेवा निःशुल्क उपलब्ध गराउने बताएको छ ।

साथै कांग्रेसले नेपाली समाज र राज्यलाई भ्रष्टाचारमुक्त बनाउन संकल्प पनि व्यक्त गरेको छ । अख्तियार, सतर्कता केन्द्रलाई प्रभावकारी बनाउने, भ्रष्टाचारमुक्त समाज बनाउन सामाजिक-राजनीतिक अभियान चलाउने उसले बताएको छ ।

राजनीतिक भागवण्डाका आधारमा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने प्रचलन रोक्ने बाचा पनि कांग्रेसले आफ्नो घोषणापत्रमा गरेको छ ।

‘राष्ट्रिय पुनर्जागरणको नयाँ युग’

सुरुमा समसामयिक राजनीतिबारे चर्चा गरिएको कांग्रेसको घोषणापत्रमा नेपालमा राष्ट्रिय पुनर्जागरणको नयाँ युग सुरु भएको घोषणासमेत गरिएको छ ।

विगत २५ वर्षमा नेपाली कांग्रेसले के के विकास गर्‍यो भन्ने फेहरिस्थ घोषणापत्रमा दिइएको छ । २५ वर्षको अवधिमा विद्यालय र कलेजहरुको संख्या बढेको देखाउँदै त्यो संख्यावृद्धि कांग्रेसका कारण भएको दाबी गरिएको छ ।

विगत २५ वर्षयता कालोपत्र सडक, उच्च शिक्षा लिने विद्यार्थीको संख्या, स्वास्थ्य चौकी र शौचालयको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्य प्रस्तुत गर्दै त्यसलाई कांग्रेसका कारण भएको विकासका रुपमा देखाइएको छ ।

यस अवधिमा वालमृत्युदर घटेको, विद्युत क्षमता बढेको मात्रै देखाइएको छैन, २५ वर्ष पहिले ७१ हजार ५६० वटामात्रै टेलिफोन रहेकोमा अहिले नेपाली कांग्रेसको नेतृत्वमा भएको विकासको प्रंतिफलका कारण देशमा २ करोड ७८ लाख ५० हजार मोवाइल फोन रहेको कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ ।

यस्तो छ कांग्रेसको ८४ पेजको घोषणा पत्र :