मकवानपुर – मनहरि गाउँपालिका–८ हेटौँडा नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अबैध रुपमा ल्याइएको लागुपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


मनहरिका प्रहरीले बिहान ३ः०० बजे सडकमा रोकिराखेको ना ८ ख ८२८४ नम्बरको ट्रकभित्र खानतलासी गर्दा ८१ किलो ३५० ग्राम गाँजा फेला पारेकाले चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताएका हुन् ।


ADVERTISEMENT

# # #


ट्रक चालक मकवानपुरकै राक्सिराङ गाउँपालिका–४ बस्ने वर्ष ३५ का बाबुराम नेगी रहेका र घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । रासस