काठमाडौँ – अटोमोबाइलको कुम्भमेला मानिने नाडा अटो शो यस वर्ष पनि नहुने भएको छ ।


ADVERTISEMENT


नाडा अटोमोबाइल्स एसोसिएसनको आयोजनामा हरेक वर्ष हुँदै आएको सवारीको बिक्री तथा प्रदर्शनी कोरोनाका कारण अघिल्लो वर्ष पनि रोकिएकोमा यस वर्ष पनि नगर्ने निश्कर्षमा नाडा पुगेको हो । यद्दपि, औपचारिक निर्णय हुन भने बाँकी रहेको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।


ADVERTISEMENT

# # #


कोरोनाको संक्रमण नघटेको र सरकारले प्रर्याप्त खोपको व्यवस्था पनि गर्न नसकेकाले अटो शो नहुने जानकारी उनले दिए ।

‘संक्रमण घटेको छैन, तेस्रो लहर आउने चेतावनी पनि विज्ञले दिइरहेका छन्,’ उनले भने, ‘ग्राहक तथा व्यवसायीको स्वास्थ्य सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर अटो शो नगर्ने तयारी गरेका छौँ ।’ सबैले खोप पाएर अवस्था सामान्य भएपछि दसैँ÷तिहारपछि अटो शोबारे छलफल गर्ने उनले बताए ।

तर अहिलेको पदाधिकारीको कार्यकाल सकिएकाले भदौमा अधिवेशन गर्ने तयारी नाडाले गरेको छ । यस विषयमा नाडाका पदाधिकारीबीच छलफल भएकोमा केही दिनमा यसबारे निर्णय गर्ने अध्यक्ष दुलालले बताए । ‘केही दिनमा अधिवेशन तथा चुनावको निर्णय बारे आधिकारिक निर्णय गर्छौँ,’ उनले भने ।

अटो शोमा नेपाली बजारमा बिक्री हुने करिब ३० देखि ४० प्रतिशत सवारी बिक्री हुने गरेको व्यवसायीहरुको भनाइ छ। अटो शोमा नेपालमा उपलब्ध सबैजसो मोटरसाइकलरस्कुटर तथा कारको प्रदर्शनी हुँदै आएको छ। प्रदर्शनीमा स्पेयरपार्ट तथा बैंक तथा वित्तिय संस्थाहरुको समेत सहभागिता हुने गरेको छ।