काठमाडौँ – नाडा अटोमोबाइल डिलर एशोसिएसन अफ नेपालको टोलीले नवनियुक्त अर्थमन्त्री जनार्दन शमलाई शुभकामना दिँदै भेटघाट तथा छलफल गरेको छ ।


ADVERTISEMENT


भेटमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल व्यवसायीलाई खोप दिन अनुरोध गर्दै सवारी आयातमा देखिएका समस्या समाधान गर्ने गरी २०७८/७९ को मौद्रिक अटोमोबाइल व्यवसायीमैत्री आउने अपेक्षा व्यक्त गरेका थिए ।


ADVERTISEMENT

# # #


छलफलमा उनले स्थानीय स्तरमा उत्पादित अटोमोवाइल स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु बढी आयात भइरहेको सन्दर्भमा उच्च गुणस्तरका स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरे ।

त्यसैगरी उपाध्यक्ष करण चौधरीले बढदो क्रममा रहेको सवारी साधनहरुको आयात नेपाल राष्ट्र बैङ्कले सवारी साधनहरुको विक्रिमा लगाएको ५० प्रतिशतको क्यापको कारण आर्थिक बर्ष २०७३/७४ देखि नै सवारी साधनहरुको आयात क्रमशः घटन थालेको भनाइ राखेका थिए । त्यसैगरी नेपालको सार्वजनिक यातायात राम्रोसंग चल्न नसकेको सडकको अवस्था पनि राम्रो नरहेको कउनको भनाइ थियो । सो भेटघाट तथा छलफलमा महासचिव सुनिल रिजालले आयात गरिने विल कम्प्युटराइज्ड गरिएको खण्डमा अनधिकृत आयातलाई रोक्न सहज हुने बताए ।

उक्त छलफलमा माननीय अर्थ मन्त्री जनार्दन शर्माले सरकारले सवै नेपाली जनतालाई नै सर्वशुलभ रुपमा खोप उपलब्ध गराउने जानकारी दिँदै नेपालमै अटोमोवाइल उद्योग स्थापना गर्न नाडालाई आग्रह समेत गरेका थिए भने त्यसका लागि सरकारबाट आवश्यक सहयोग प्राप्त हुने आश्वासन समेत दिएका थिए ।