काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यले प्रधानमन्त्री देउवासँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका हुन् ।


ADVERTISEMENT


भेटका अवसरमा अध्यक्ष मल्लले प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिँदै अर्थतन्त्रलाई पुनस्र्थापित गर्न विभिन्न सुझावहरु प्रस्तुत गरेका छन् । उनले कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताए ।


ADVERTISEMENT

# # #


मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भइअर्थतन्त्रमा योगदान पुग्ने भएकाले १० प्रतिशत कोरोना खोप निजी क्षेत्रका व्यवसायी कर्मचारी, मजदुरहरुलाई उपलब्ध गराउने आग्र गरे ।

साथै अध्यक्ष मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गरिनु पर्ने, सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने, संसदमा विचाराधीन आर्थिक विधेयकहरु पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनु पर्ने लगायतका माग राखे ।

जवाफमा प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न सरकार निजी क्षेत्रसंग सदैव सहकार्य गर्न तयार रहेको बताउँदै अहिले अर्थतन्त्रमा आएका चुनौतिहरुलाई सरकार तथा निजी क्षेत्रको सहकार्यबाट मात्रै सम्वोधन गरिन सकिने बताए । कोरोनाको खोपबारे सरकार संवेदनशील रहेको बताउँदै उनले निकट भबिष्यमै यथेष्ट मात्रामा खोप उपलब्ध हुने र नेपाल चेम्वर अफ कमर्सको माग सम्वोधन हुने विश्वास दिलाए ।

भेटमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक कुमार मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छा तथा चेम्वरका सूचना तथा संचार समितिका सभापति सन्तोष पाण्डे लगायतको उपस्थिति रहेको थियो ।