काठमाडौँ– भारतीय चर्चित अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा मध्यरातमा पक्राउ परेका छन् ।


ADVERTISEMENT


उनलाई अश्लील फिल्म(पोर्न मुभि) बनाएर विभिन्न एपमार्फत रिलिज गरेको अभियोगमा सोमबार राति मुम्बई प्रहरीले पक्राउ गरेको विभिन्न भारतीय मिडियाहरुले जनाएको हो ।


ADVERTISEMENT

# # #


उनीविरुद्व गत फेब्रुअरीमा उनीविरुद्ध अश्लील फिल्म बनाएर एपमा रिलिज गरेको प्रहरीमा रिट दर्ता भएको थियो । अनुसन्धानका क्रममा यस अघि ४ जनालाई पक्राउ गरिएपछि मुन्द्रा मुख्य आरोपी रहेको ठहर पाएकाले उनलाई पक्राउ गरिएको हो । मुम्बई प्रहरीले पनि कुन्द्राको विरुद्व प्रशस्त प्रमाण भेटिएकोले उनलाई आज नै अदालत पेश गरिने तयारी गरेको छ ।

कुन्द्रामाथि फिल्म खेल्न इच्छा राख्ने सोझा युवतीहरुलाई यस्तो अश्लील फिल्म सुटिङ गरी एपमा राख्ने गरेको आरोप लागेको छ।