काठमाडौँ – नेपाली काँग्रसले १४ औं महाधिवेशन केन्द्रित तीन विषयमा छलफल गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले महाधिवेशन सम्बन्धी तीन वटा विषयमा छलफल गरेको हो । निर्वाचन समिति, नेपाली काँग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति र समायोजन समितिका विषयमा छलफल भएको नेपाली काँग्रेसका नेता रमेश लेखकले जानकारी दिए । उनले क्रियाशील सदस्यता सम्बन्धीत कार्य सम्पन्न भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘आजको बैठक आगामी १४ औँ महाधिवेशनलाई समयमै सम्पन्न गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको छ ।’ उनले भने, ‘वडादेखि केन्द्रसम्म हुने सबै अधिवेशनहरुको सम्पन्न गर्ने जिम्मा लिएको निर्वाचन समितिले मस्यौदा गरेको निर्वाचन निर्देशिका, तयारी र आगामी रणनीतिबारे छलफल भएको छ ।’

कांग्रेसको क्रियाशील सदस्यता देशभित्रका ८ लाख ५२ हजार र विदेशमा रहेका समेत गरेर करिब ९ लाख क्रियाशील सदस्य रहेको जानकारी दिँदै क्रियाशील सदस्यतासम्बन्धी विवाद लगभग सकिएको उनको भनाई छ । कांग्रेसको वडास्तरको अधिवेशन साउन १२ गते सुरु गर्ने भनिए पनि उक्त मिति केही सार्नसक्ने विषयमा पनि छलफल भएको लेखकले बताए ।

नेता लेखकले सरकारकाबारेमा बैठकमा कुनै छलफल नभएको जानकरी दिए ।