काठमाडौँ – अटोमोबाइलका विभिन्न ब्राण्डका स्पेयर पार्टस्, टायर, ल्युब तथा ब्याट्रीको आधिकारिक विक्रेता एसटीसी ग्रुपले बागमती सरकारलाई अक्सिजन सिलिन्डर तथा रेगुलेटर सहयोग गरेको छ ।


ADVERTISEMENT


कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत बागमती प्रदेश सरकारलाई २ सय थान अक्सिजन सिलिन्डर सहयोग गरेको हो । शनिवार एक कार्यक्रमकाबीच कम्पनीका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेति तथा निर्देशक कृष्णप्रसाद दुलालले मुख्यमन्त्री डोरमणि पौडेललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरे ।


ADVERTISEMENT

# # #


कोभिड १९ को दोस्रो लहरको महामारीसँगैँ देशका विभिन्न क्षेत्रमा व्यापक अक्सिजन सिलिन्डरको अभाव भई धेरैले ज्यान गुमाउनु परेको तथा अझैँ पनि पर्याप्त सिलिन्डर नभएको अवस्थामा उक्त कम्पनीले सहयोग हस्तान्तरण गरेको हो ।