काठमाडौँ – स्याङ्योङ मोटरको लागि नेपालको एक मात्र आधिकारिक विक्रेता आइएमएस मोटर्सले नयाँ स्याङ्योङ टिभोली गाडी नेपाली बजारमा भित्र्याएको छ । यो गाडी नेपाली बजारमा दुई वटा विकल्पका साथ प्रस्तुत गरिएको छ ।


ADVERTISEMENT


अटोमेटिक गियर बक्स सुविधाभएको स्याङ्योङ टिभोलि गाडीको बजार मूल्य करिब ६६ लाख रहेको छ भने म्यानुअल सेमिलोडेड गाडीको बजार मूल्य ५६ लाख ९९ हजार तोकिएको छ ।


ADVERTISEMENT

# # #


यस्ता छन् उपहार विशेषता

“स्याङ्योङट ६५ बाइब्याक ग्यारेन्टि एण्ड जिरो सर्भिस कस्ट अफर” अर्थात् मूल्यको ६५ प्रतिशतमा बाइव्याक खरिद गरिदिने र शून्य सर्भिस शुल्क योजनालाई कम्पनीले अगाडि सारेको छ । प्रस्तुत गरिएको यो अफर अन्तर्गत इन्जिन आयल, कूलेन्ट, ब्रेक प्याड (फ्रन्ट र रियर) आयल फिल्टर, ब्रेक आयल, पावर स्टेरिङ्ग, एसि फिल्टर, एयर फिल्टर र फ्युल फिल्टरमा ३ वर्षसम्मशून्य सर्भिस शुल्क लाग्ने छ ।

यसका अतिरिक्त प्रस्तुत योजनामा स्पट एक्स्चेन्ज, सहज किस्ताबन्दी, निःशुल्क एक्सोसरिज, एक वर्षसम्म सडक कर र दुई वर्षसम्म वा अधिकतम ४० हजार कि.मि सम्मको वारेन्टि पनि समावेश गरिएको छ ।

नयाँ स्याङ्योङ टिभोलि गाडीमा विभिन्न उपयोगी विशेषता रहेका छन् । जसमा आकर्षक “बम्पर शो ग्रिल”, “रेडिएटर शो ग्रिल” सुधारिएको फगल्याम्प तथा गाडी भित्रको आकर्षक डिजाइन रहेका छन् । त्यस्तै गाडीमा स्पोर्ट युटिलिटि भेइकल (एसयुभी)मा दिउसो बत्ति बाल्नको लागि एलइ डि डेरनिङ्ग ल्याम्प, फ्रन्ट फगल्याम्प रहेका छन भने नवीनतम् एल इ डि हेडल्याम्प, फाइन्डर रिपिटर र बाहिरी ऐनाहरु, पावर सनरुफ र रुफरेल पावर जस्ता विशेषताहरु छन् ।

यस्तै स्याङ्योङ टिभोलिगाडीमा बहुप्रतिक्षित सुविधाहरु जस्तैः इलेक्ट्रोनिक्स स्टेविलिटि प्रोग्राम, इलेक्ट्रिक ब्रेक–फोर्स डिस्ट्युव्युसनको साथ एन्टि–लक ब्रेक, सातवटा एयर व्याग, छ सेन्सरहरु, हिटेड र भ्यान्टिलेटेड फ्रन्ट सिटहरु, सबै डिक्स ब्रेक, र डेटाईम रनिङ्गल्याम्प जस्ता विशेषताहरुले (एसयुभी) नेपालको वर्तमान सडक अवस्थाअनुरुप सुरक्षित एवं उपयोगी रहेको बिक्रेता कम्पनीले जनाएको छ ।

यसको कार्य क्षमताको कुरा गर्दा, यसमा भएको e-XGi160 इन्जिनले दुबै मोटरेवल बाटोमा होस् या शहरी बाटो जहाँपनि आवाज, कम्पन र कडापनको महशुस नै हुन दिंदैन । नेपालमा स्पोर्ट युटिलिटि भेइकलको विकल्प खाज्ने ग्राहकहरुको लागि यो प्रमुख छनौटका रुपमा रहने कम्पनीको दाबी छ ।  ।

के हो स्याङ्गयोङ्ग ?

स्याङ्योङ कोरियाको लक्जरी स्पोर्ट युटिलिटि भेइकल (एसयुभी) ब्राण्ड हो, जुन कोरियाका ठूला अटोमोबाइल्स कम्पनीहरु मध्येको चौथो हो । उत्कृष्ट स्टाइल तथा अद्वितीय कार्य क्षमताका साथ सन् १९५४ मा स्थापित कम्पनीले सम्भावनाहरुलाई आफ्नो गुणस्तरीय इन्जिनियरिङ्गका साथ हासिल गर्दै आएको छ ।