काठमाडौँ – नेपालमा सोमबार थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ७ हजार ६ सय ८९ पिसिआर परीक्षणका क्रममा १ हजार ६ सय ९० जना र ३ हजार ८ सय ९५ एन्टीजेन परिक्षणका क्रममा ६८० जनामा कोरोना संक्रमणपुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १ हजार ४ सय ५८ पुगेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ, हालसम्म नेपालमा ९ हजार ४ सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार १ सय ३३ संक्रमित निको हुँदा हालस्म्म नेपालमा ६ लाख २१ हजार २७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल २६ हजार ७१२ सक्रिय संक्रमित आइशोलेशन र २९९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख २३ हजार १६४ वटा पिसिआर र वटा एन्टीजेन परिक्षण गरिएको छ ।