एजेन्सी – कोपा अमेरिकाको फाइनलमा आइतबार अर्जेन्टिनाले ब्राजिललाई हराउँदै उपाधी हात पार्यो । अर्जेटिनाका कप्तान लियोनल मेस्सीले आफ्नो कप्तानीमा देशलाई पहिलो पटक ठूलो प्रतियोगिताको उपाधि जिताए ।


ADVERTISEMENT


अर्जेन्टिनाको जितमा खुसी मनाइरहँदा टोलीका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले कप्तान लियोनल मेस्सीले चोट बोकेरै फाइनल खेलेको खुलासा गरेका छन् । ब्राजिललाई १–०ले पाखा लगाउँदै २८ वर्षपछि अर्जेन्टिनाले उपाधी जितेपछि रिर्पोटरसँग बोल्दै मुख्य प्रशिक्षक स्कालोनीले भने, ‘यदि उनले (मेस्सीले) कोपा अमेरिकामा कसरी खेले भन्ने कुरा थाहा पाउनु भयो भने तपाई उनलाई अझ धेरै माया गर्नुहुनेछ ।’


ADVERTISEMENT

# # #


उनले अघि थपे, ‘तपाईं उनीजस्ता खेलाडी बिना केही गर्न सक्नुहुन्न । उनले फाइनल र यसअघिको खेलमा पूर्णतया फिट नहुदा पनि खेलेका थिए ।’ मेस्सी सेमिफाइनलमा कोलम्बियासँगको पहलो हाफमा घाइते भएका थिए । उनको बायाँ खुट्टामा चोट लागेर रगत बगेको थियो । तर पनि उनले दोस्रो हाफत पनि खेले र टोलीका लागि एक गोल गरे भने एउटा असिस्ट गरेका थिए ।

‘सर्वकालीन महान खेलाडीको कुरा गरिरहँदा यो उपाधि उनका लागि कति महत्वपूर्ण थियो भन्ने कुरा सबैलाई थाहा छ । मसँग एक सम्बन्ध छ जुन (सामान्य) प्रशिक्षक–खेलाडी बीचको सम्बन्ध भन्दा फरक छ ।’ स्कालोनीले थपे, ‘यो नजिक छ। हामी एक अर्कालाई अभिवादन गर्दछौं, एक अर्कालाई अँगालो हाल्छौं र म उनी (मेस्सी) र उनका टोलीका साथीहरूप्रति सँधै कृतज्ञ छु।’

अर्जेन्टिनाले अन्तिम पटक १९९३ मा कोपा अमेरिकाको उपाधि जितेका थियो ।