एजेन्सी – बलिउडका चर्चित अभिनेता दिलीप कुमारको निधन भएको छ । उनको आज बिहाना साढे ७ बजे निधन भएको हो ।


ADVERTISEMENT


चलचित्र निर्माता तथा राजनीतिज्ञ समेत रहेका दिलीपको स्वास्थ्यमा समस्या देखिएपछि हिन्दुजा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।


ADVERTISEMENT

# # #


उनका पारिवारिक मित्र फैसल फारुकीले बिहाना ८ बजे निधनको जानकारी दिए ।

उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।