वीरगञ्ज– नेपालका पुर्व प्रधानमन्त्रि तथा नेपाली काग्रेसका पुर्व सभापति स्व. गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तिको अवसरमा सोमबार जी.पी कोईरनला फाउण्डेशन पर्साले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।


ADVERTISEMENT


‘रक्तदान जीवन दान’ भन्ने नारासहित फाउण्डेशनले स्व. सो आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।


ADVERTISEMENT

# # #


कोरोना महामारीका कारण ब्लड बैंक वीरगंज शाखाअन्र्तगत रगत अभाव भएकोले सो जन्मोत्सवको अवसर पारेर अकास्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको फाउण्डेशन पर्साका सह सचिव मिन्टु देवि सिंहको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका वीरगंज महानगरपालिकाको उप प्रमुख शान्ति कार्कीले श्रीमती नजमा बेगमलाई ब्लड पाउच दिएर उद्घाटन गरेको सो कार्यक्रमको अध्यक्षता फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गरेका थिए ।

सो कार्यक्रममा एक महिला सहित कुल ६० जनाले रक्तदान गरेका छन् ।