दाङ– चोरीका १३ मोटरसाइकलसहित जिल्ला प्रहरी दाङले ८ जनाको गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ भारतीय नागरिकसहित ८ जनाको समूह रहेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले जानकारी दिएका हुन् ।


ADVERTISEMENT


मोटरसाइकल चोरी भएर आउन थालेको जनगुनासो लगत्तै प्रहरी अनुसन्धानमा खटिएकै कारण सो सफलता हात पार्न सकेको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय दाङबाट असइ युवराज गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले चोरिको मोटरसाइकल सहितको गिरोहलाई समात्न सफल भएको हो ।


ADVERTISEMENT

# # #


चोरी गरिएका मोटरसाइकलमा गिरोहले ५० हजार लगानी गरेर १ लाखदेखि २ लाख सम्म बिक्री गर्ने गरेको खुल्नमा आएको जनाउँदै
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपि मुकुन्द रिजालले घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।