काठमाडौँ – नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठकले यथास्थितिमा शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा बसेको बैठकले पार्टी अध्यक्ष केपी ओलीले शुक्रबार आह्वान गरेको बैठकमा सहभागी नहुने सर्वसम्मत निर्णय गरिएको बैठकपछि नेता भीम रावलले जानकारी दिए । केन्द्रीय कमिटीको बैठक आवश्यक तहको सहमति तथा स्थायी कमिटीबाट बोलाउनुपर्ने भन्दै त्यसो नगरिएको भन्दै बैठकमा सहभागी नहुने निर्णय गरिएको रावलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘पार्टी विधान विपरित गठित दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पुर्याउने भएकाले यही असार १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिँदैन ।’ उनले भने, वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्छ ।’

बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । उनले एमालेलाई ९ औं महाधिवेशनको मार्गनिर्देशन अनुसार चलाउनका लागि आफुहरुले पहल गरिरहेको तर पार्टीको विधि विधान विपरित महाधिवेशन आयोजक समितिले बोलाएको बैठक नै अवैध रहेको बैठकले निष्कर्ष निकालेको जानकारी दिए ।

रावलले महाधिवशेन आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीमा रुपान्तर गरिनुपनि पार्टी विधि विपरित रहेको र ९ औं महाधिवेशनको पछि कै अवस्थामा लैजानुपर्छ भन्ने आफुहरुको माग रहेको जिकिर गरे ।

ओली पक्षले बुधबार आफूले गठन गरेको १० औँ महाधिवेशन आयोजक कमिटी भंग गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रुपन्तारण गरेको थियो । जसमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ । त्यसमा माधव समूहले आपत्ति जनाएको छ ।