बनेपा– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१० का ८० दलित परिवारलाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरिएको छ ।


ADVERTISEMENT


वडाका सबै समुदायका परिवारका लागि एक/एक थान फिल्टर वितरण गरिएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले नगरपालिकाबाट विभिन्न कार्यक्रम गर्दै आएकामा दलित समुदायको उत्थानका लागि फिल्टर वितरण गरिएको बताए । नगरपालिकाले आयोजना गरेको कार्यक्रम सफल बनाउनका लागि सोही समुदायका व्यक्ति बढी क्रियाशील हुन आवश्यक रहेको उनले सुनाए । दलित समुदायको आयआर्जन वृद्धि गर्दै आर्थिक उन्नतिका लगि नगरपालिकाबाट गर्नुपर्ने काममा समेत आवश्यक सुझाव दिन उनले आग्रह समेत गरेका छन् ।

वडा नं १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले विगतमा पनि दलित समुदायको उन्नति र उत्थानका लागि वडा तथा नगरले कार्यक्रम गर्दै आएको र आगामी दिनमा संस्कृति संरक्षणका लागि आयमूलक कार्यमा प्रयोगका लागि बाजा खरिदका योजना बनाइएको उल्लेख गरे ।

यस्तै, नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले भने वडा नं १० को सो टोललाई वातावरणमैत्री टोल घोषणा गरिएको जानकारी दिँदै त्यसको सफल कार्यान्वयनका लागि शुद्ध पिउने पानी अनिवार्य आवश्यकता रहेकामा जोड दिएका छन् । रासस