काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनर्स्थापना गर्ने कुरामा आफू अझैँ विश्वस्त हुन नसकेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार सोमबार पेशागत संगठनका व्यक्तित्व तथा बुद्धिजिवीसँगको अन्तरक्रियामा बोल्दै उनले संसद पुनर्स्थापना हुने कुरा स्पष्ट नरहेको र ठूलै चलखेलको गन्थ आइरहेको जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘सबै तथ्य, प्रमाण र नजिरका आधारमा हेर्दा संसद पुनर्स्थापना हुने कुरामा आशंका त छैन । तर, म अझै विश्वस्त हुन सकेका छैन । अझैँ एउटा ठूलै खेल चलिरहेको गन्ध आँउछ मलाई ।’ उनले पुनर्स्थापना गरे पनि त्यो पुनर््स्थापना नहनुभन्दा रद्दी हुनसक्ने दाबी गरे । संसद पुनर्स्थापनाले मात्रै समस्याको हल नहुन सक्ने प्रचण्डको भनाई छ ।

उनले थपे, ‘संसद पुनर्स्थापना भइहाल्छ, सरकार बनिहाल्छ भनेर ढुक्क हुने स्थिति बनिसकेको महसुस मलाई छैन ।’ उनले सबैले आ–आफ्नो तर्फबाट आवाज उठाइराख्न जरुरी रहेको बताए ।