काठमाडौँ – काठमाडौँ उपत्यकामा जोर–बिजोरमा सार्वजनिक यातायात खोल्ने छलफल गरिएको छ ।


ADVERTISEMENT


आइतवार साँझ बसेको उपत्यकाका तीन जिल्लाको बैठकमा यातायात खोल्ने विषयमा छलफल भएको थियो । छलफलले पूर्णता नपाएकोमा आज बिहाना १० बजेका लागि छलफल सारिएको ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकमा उपत्यकाको निषेधाज्ञा थप खुकुलो बनाउने छलफल भएको थियो । ‘सार्वजनिक यातायात खोल्ने छलफल भएको हो तर बैठक निश्कर्षमा पुग्न सकेन,’ उनले भने, ‘आजको छलफलले कुन कुन क्षेत्र थप खुकुलो बनाउने भन्ने छलफल गर्छ ।