महोत्तरी – महोत्तरीस्थित लोहारपट्टीमा गाडिएको अवस्थामा एक शव भेटिएको छ । गत जेठ २० गतेदेखि हराएकी २६ वर्षीया सृुजीता ठाकुरको शव खेतमा गाडिएको अवस्थामा भेटिएको हो ।


ADVERTISEMENT


घरदेखि डेढ किलोमिटर टाढा खेतमा गाडिएको अवस्थामा शव भेटिएको उनका भाइ शिवमले बताएका छन् । नुन र मलखाद हालेर तन्नामा बेरिएको अवस्थामा शव गाडिएकोमा फरेन्सिक परीक्षणका लागि पठाइएको जानकारी उनले दिए ।


ADVERTISEMENT

# # #


शव भेटिएपछि प्रहरीले सुजीताका पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । उनको माइती पक्षले हत्याका आरोपमा ससुरा, पति, देवर र देउरानीविरुद्ध किटानी जाहेरी दिन जाँदा नलिएको आरोप लगाएको छ ।