काठमाण्डौं – चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले दुई साताअघि लिएको एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना छानबिनमा ढिलाइ हुँदा नतिजा पर्खाइमा रहेका साढे आठ हजार विद्यार्थी अन्योलमा छन् । त्रिभुवन विश्वविद्यालय र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति बनाए पनि प्रतिवेदन नआउँदा नयाँ परीक्षा लिने या पुरानैबाट नतिजा सार्वजनिक गर्ने भन्नेमा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) नै अनिर्णीत छ ।


ADVERTISEMENT


आईओएमले असोज २८ मा लिएको प्रवेश परीक्षामा डिभाइस प्रयोग गरी चिट चोरी गरेको पाइएपछि प्रहरी र त्रिविले बेग्लाबेग्लै अनुसन्धान गरिरहेकामा बेलैमा प्रतिवेदन नदिँदा विद्यार्थी मारमा परेका हुन् । ६ सय ४० कोटाका लागि आईओएमले लिएको प्रवेश परीक्षामा ८ हजार ६ सय ६६ सहभागी थिए । प्रश्नपत्र बाहिरिएको सूचना आएलगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । त्रिविले पनि लगत्तै छानबिन समिति गठन गरेको थियो ।


ADVERTISEMENT

# # #


नतिजा सार्वजनिक नहुँदा त्यसको असर अन्यत्र पनि परेको छ । काठमाडौं विश्वविद्यालयमा पास भएका विद्यार्थी पनि आईओएमको नतिजा सार्वजनिक भएपछि मात्रै भर्ना हुने योजनामा छन् । प्रतिष्ठानहरूमा समेत आईओएमको नतिजाले असर पारेको छ । स्वदेशमा एमबीबीएस अध्ययन महँगो भएकाले सस्तोमा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थी पनि अन्योलमा छन् । विदेशमा एमबीबीएस पढ्न पनि स्वदेशको प्रवेश परीक्षा अनिवार्य पास हुनुपर्ने प्रावधान छ । बेलैमा नतिजा सार्वजनिक नहुँदा शैक्षिक सत्रको समयसमेत धकेलिने अवस्था छ ।

चोरी प्रकरणमा संलग्न भन्दै प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । तीमध्ये दुई जना अर्काको परीक्षा दिनेछन् । १३ जनालाई ठगी र साइबर क्राइममा मुद्दा चलाइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख दिवेश लोहनीले बताए । ‘प्रश्नपत्र सार्वजनिक भएको होरहोइन, बाहिर आएको एन्सर मिल्छ कि मिल्दैन: त्यो भित्र गयोरगएन रु भन्ने दुई दिनभित्र आईओएमलाई जानकारी दिन्छौं,’ उनले भने । परीक्षाअघि नै आउट भएको हो भन्ने प्रमाणित हुन बाँकी रहेको उनले बताए । कागजमा लेखेर सार्वजनिक भएको ‘एन्सर की’ आईओएमकोसँग हुबहु मिल्नेरनमिल्ने पनि विज्ञ बोलाएर परीक्षण हुन बाँकी रहेको उनले बताए । ‘अझै प्रारम्भिक चरणमै छौं । अहिलेसम्म हेर्दा आईओएमको संलग्नता देखिँदैन,’ उनले भने ।

दुई साताको समयावधि दिएर त्रिविले गठन गरेको छानबिन समिति संयोजक चिन्तामणि पोखरेलले एक साताभित्र अध्ययन सकाएर प्रतिवेदन बुझाउने बताए । ‘यस्तो अवस्था हुदाँ त्रिवि परीक्षा नियन्त्रण कार्यालयले के गर्ने गरेको छ, छलफल गरेर निष्कर्ष निकाल्छौं,’ उनले भने । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले छानबिन समितिले जे सुझाव दिन्छ, त्यसैका आधारमा निर्णय लिने व्यवस्था रहेको बताए ।

‘प्रश्नपत्र बाहिरिएको हो भने कति ठाउँमा असर पर्‍यो रु कमिटी गठन गरेर छानबिन गराउँछौं । कमिटीको सिफारिसलाई आधार मान्छौं,’ उनले भने । एमबीबीएस प्रवेश परीक्षाका लागि काठमाडौं उपत्यकाका १७ ठाउँमा केन्द्र तोकिएका थिए । तीमध्ये अरुणिमा, किस्ट कलेज र नामी कलेजबाट डिभाइसको माध्यमबाट उत्तर लेखिरहेका र नक्कली विद्यार्थीसमेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

आईओएमले लिएको परीक्षाको उत्तरपुस्तिका कोडिङ गरेर सुरक्षित राखेको डिन अग्रवालले बताए । ‘कापी आउनेबित्तिकै कोडिङ भइसकेको छ । अब त्यही परीक्षालाई मान्यता दिने भन्ने निर्णय भयो भने परीक्षणतिर लाग्छौं,’ उनले भने, ‘नयाँ परीक्षा लिने भन्यो भने तयारी थाल्छौं ।’ डिभाइसमार्फत चोरी गरेको, कुन प्रश्नको उत्तर के भन्ने सूची नै सार्वजनिक भएकाले छानबिन समितिले पुनस् परीक्षा लिन सुझाव दिन सक्ने आईओएम अधिकारीको अनुमान छ । ‘निश्चित परीक्षा केन्द्रको मात्रै पुन: परीक्षा लिन सक्ने सुझाव दिन सक्छ,’ त्रिवि छानबिन समितिका एक सदस्यले भने । – आजको कान्तिपुरबाट