काठमाडौँ – लेखक तथा पत्रकार बबिता बस्नेतले महिलालाई विज्ञापनमा गलत तरिकाले प्रयोग गरिएको बताएकी छन् ।


ADVERTISEMENT


नेपाल विज्ञापन संघको ३१ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले शुरुवाती दिनमा महिलालाई भान्सामा सीमित राखिएकोमा अहिले शरीरको प्रदर्शनीका रुपमा प्रयोग गरिएको बताइन् ।


ADVERTISEMENT

# # #


सुन्दरताको परिभाषा बदल्नुपर्ने बताउँदै उनले यस्ता विज्ञापनले ‘बडी शेमिङ’ गरेको विचार राखिन् । ‘महिलालाई जुन किसिमले विज्ञापनमा गलत तरिकाले प्रयोग गरिएको छ यो रोकिनुपर्छ,’ उनले बताइन् ।