टेक्सास– अमेरिकाको टेक्सासस्थित आइतबार सम्पन्न नेशनल अमेरिकन मिस (न्याम) को प्रतिस्पर्धामा नेपाली मुलकी जेसिका लम्साल छनौट भएकी छिन ।


ADVERTISEMENT


अमेरिकाको राष्ट्रिय स्तरको प्रतियोगितामा छनोट हुने उनी सम्भवतः पहिलो नेपाली हुन् ।


ADVERTISEMENT

# # #


टेक्सासको ह्युस्टनमा तीन दिनसम्म चलेको सो टेक्सास राज्य स्तरिय प्याजेन्टमा हिजो साँझ भएको फाईनलमा चार विधाका अवार्ड समेत हात पार्दै न्यामका लागि छनौट भएकी हुन् ।

उनले मोष्ट रेकमन्डेसन अवार्ड, स्पोर्ट लाईट, हर्ट अफ द सर्भिस र स्पोक्स मोडलमा फ्रष्ट रनर अप गरी चार विधाका अवार्डमा आफ्नो हक जमाएकी हुन् ।

आगामी नोभेम्बर २१ देखि २७ मा हलिउड क्यालिफोनियामा सातादिनसम्म हुने राष्ट्रियस्तरको प्रतियोगितामा प्रतिस्पर्धीको रुपमा जाने उनी यससंगैै अन्तरराष्ट्रिय स्तरमा नेपालका लागि छुट्टै पहिचान बनाउन समेत सफल भएकी छन् ।

अन्तरराष्ट्रिय स्तरमै ठुलो मानिएको ब्यूटि प्याजेन्ट गर्ने नेशनल मिस अमेरिकनले अमेरिकाको सबै ठुला शहरबाट छानेर स्टेट हुँदै र स्टेटबाट जित्ने बढीमा एउटा स्टेटबाट तीनजना र कम्तिमा एकजना छानेर राष्ट्रिय स्तरमा प्रतिस्पर्धाको लागि लैजाने गर्दछ ।

फाईनलमा सहभागी हुन पाउनु आफ्नो जीवनकै ठुलो उपलब्धि भएको लम्सालको भनाई छ । सन् २०१७ देखि अमेरिकामा बस्दै आएकी उनी यस अघि पनि लगातर दुई पटक टेक्सासबाट स्टेट फाईनललिष्टमा पुगेकी थिईन् ।