जाजरकोट– चुनाव जित्नकै लागि मात्र नभएर पार्टी एकतासहितको दिशामा जानका लागि वाम गठबन्धन भएको पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताउएका छन् ।


ADVERTISEMENT


नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) सम्बद्व संयुक्त वामपन्थी गठबन्धनले विहिबार संयुक्तरुपमा निकालेको र्यालीसहितको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। आर्थिक समृद्धिसहितको योजनाका साथ देशलाई नयाँ दिशातिर लैजानका लागि वाम गठबन्धन भएको बस्नेतले दाबी गरे।


ADVERTISEMENT

# # #


देशमा कम्युनिस्टको बहुमत हुँदाहुँदै पनि अर्कैले हालीमुहाली गर्ने कार्य हुँदै आएकामा अब त्यो अन्त्य हुने उनले बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्यका लागि जाजरकोट क्षेत्र १ का उम्मेदवार गणेशप्रसाद सिंहले कम्युनिस्ट एकता नहुञ्जेलसम्म देशमा विकास नहुने बताए ।

नलगाड सरोकार समितिका अध्यक्षसमेत रहेका सिंहले अब जाजरकोट कम्युनिस्टको लालकिल्ला हुने दाबी गरे ।

त्यस्तै, प्रदेशसभा क्षेत्र नं २ का उम्मेदवार करवीर शाहीले वाम गठबन्धनले दुनियाँको टाउको दुखेको बताउँदै ‘फुटाउ र राज गर’ भन्ने रणनीति बोकेका केही तत्वले जति षड्यन्त्र गरे पनि सफल नहुने बताए।