काठमाडौँ– विपद्का बेला मृतक वा घाइतेको उद्धारका लागि प्रयोग गर्न सशस्त्र प्रहरी बल नेपाललाई एक व्यक्तिले स्टे«चर सहयोग गरेका छन् ।


ADVERTISEMENT


पर्वतीय उद्धार र उपचारमा क्रियाशील सोलुखुम्बु निवासी डा. निमा नाम्गेल शेर्पाले आज सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँलाई १५ थान स्केड स्ट्रेचर प्रदान गरेकी हुन् । यसको मूल्य रु छ लाखभन्दा बढी रहेको जनाइएको छ ।


ADVERTISEMENT

# # #


बाहिनीको बलम्बुस्थित कार्यालयमा आयोजित एक समारोहका बीच शेर्पाले बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई स्टेचर हस्तान्तरण गरेका छन् । डा शेर्पाले विपद् उद्धारका क्रममा उपयोगी हुने विश्वास व्यक्त गरिन् ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्यालले सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त उद्धार सामग्रीको पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उक्त स्ट्रेचर नेपालको कठिन भूबनोट तथा अप्ठ्यारो स्थानमा विपद् प्रतिकार्य तथा उद्धारमा प्रयोग गरिने उनले विश्वास दिलाएका छन् । उक्त स्ट्रेचर सशस्त्रको उपत्यकाका विभिन्न युनिटमा प्रयोग गरिने जनाइएको छ । रासस