काठमाडौँ– उपचारका लागि बुधवार भारत प्रथान गरेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेताको उपचार शुरु भएको छ ।


ADVERTISEMENT


नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा पुगेलगत्तै उनको उपचार शुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


उनको स्वास्थ्य अवस्था जटिलता बाहिर रहेको र  हाल उनी उपचारार्थ प्रक्रियामै रहेको जानकारी खनालका स्वकीय सचिव कृष्ण भट्टराईले दिएका छन् ।

यसअघि ९ दिनसम्म ज्वरो देखिएपछि खनाललाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ रहँदा उनको अवस्था स्थिर रहेको थियो । लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई २ दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो ।

दिल्ली उड्नुअघि सम्म पनि निरन्तर खोकी र शरीर समेत शिथिल देखिएका खनाललाई निमोनियाको समस्या देखिएका कारण चिकित्सकहरुले उनलाई सोहि समस्या फेरि बल्झिएको आशंका गरेका थिए । मूलत: नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको थियो । जसकारण उनी थप उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।