काठमाडौंँ – अघिल्लो वर्ष असारमा गएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा ३९ जनाले ज्यान गुमाए, दर्जनौ बेपत्ता भए । करिब तीन दर्जन घर बाढी र पहिरोले पूर्ण क्षति भए ।


ADVERTISEMENT


तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सभामुख अग्निप्रसाद सापकोटा प्रभावित क्षेत्रमै हेलिकप्टर चढेर पुगे र व्यवस्थापनको आश्वासना दिए । प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताले सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई उचित राहत व्यवस्थापन तथा स्थानान्तरणका लागि पहल गर्ने बताए ।


ADVERTISEMENT

# # #


तर उक्त बाढी र पहिरोका पीडित एक वर्षदेखि त्रिपालमुनि बस्न बाध्य भएका छन् भने मंगलवारदेखिको बाढी र पहिरोबाट पुनः प्रभावित बनेका छन् ।

बुधवार मात्रै सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावतीमा आएको बाढीले २ जनाको मृत्यु भएकोमा ७ जनालाई हेलिकप्टरमार्फत उद्वार गरिएको छ दर्जनौ बेपत्ता छन् । हरेक वर्ष सिन्धुपाल्चोकमा बाढीले सबैभन्दा बढी क्षति पु¥याउँदै आएपनि बस्ती स्थानान्तरण र आवास पुननिर्माणको काम सरकारले गरेको देखिदैन । अघिल्लो वर्ष असारमा बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामामा आएको पहिरोबाट विस्थापितको स्थानान्तरण र आवास निर्माणका लागि पहल भएको देखिदैन ।

हालसम्म बस्ती स्थानान्तरणका लागि पहल किन हुन सकेन भन्ने प्रश्नमा गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले प्रक्रिया अघि बढाएको बताए । बस्ती स्थानान्तरणका लागि जग्गा खोज्नुपर्ने र विभिन्न कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको उनको भनाइ छ । उनले बस्ती स्थानान्तरणको लागि सहरी विकास मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।