काठमाडौँ – नेपाल क्रिकेट टिम (क्यान)ले जर्सी प्रयोजक माइ सेकेण्ड टिचरसँगको सहकार्यमा खुल्ला प्रतिस्पर्धामार्फत राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने जर्सी डिजाइनका लागि आह्वान गरेको छ ।


ADVERTISEMENT


सोमबार एक विज्ञप्ति जारी गर्दै क्यानका सचिव अशोकनाथ प्याकुर्‍यालले राष्ट्रिय टोलीको नयाँ जर्सी डिजाइन खुल्ला प्रतिस्पर्धामार्फत गर्ने निर्णय गरिएको जनाएका हुन् । उनका अनुसार डिजाइनकर्ताले एशियन क्रिकेट काउन्सिल (एसीसी) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को प्रोटोकललाई ध्यान दिनुपर्नेछ ।


ADVERTISEMENT

# # #


यस्तै जर्सीमा नेपालको राष्ट्रिय झण्डामा प्रयोग भएका रंगको संयोजन हुनुपर्नेछ । यस्तै नेपालको खेल परम्परालाई झल्काउने र नेपाली क्रिकेटको लिगेसीलाई प्रतिबिम्बित गर्ने किसिमको जर्सी हुनुपर्ने क्यानले जनाएको छ ।

प्रतिस्पर्धामार्फत छनोट हुने जर्सीको डिजाइनरले १ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने छ । जर्सीको डिजाइन असार ४ गतेभित्र क्यानको इमेल [email protected] मा पठाउनु पर्ने क्यानले जनाएको छ । जर्सी छनोटको अन्तिम निर्णयकर्ता क्यान रहेको छ ।

यसअघि गत वैशाखमा नेपालमा भएको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले प्रयोग गरेको जर्सीको आलोचना समेत भएको थियो ।

नेपालले आगामी जुलाई २० मा आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग स्पेनमा त्रिकोणात्मक सिरिज खल्ने तय भएको छ। सिरिज स्कटल्याण्डमा हुनुपर्ने थियो । तर कोरोनाका कारण स्कटल्याण्डले सिरिज आयोजना गर्न नसक्ने जनाएपछि स्पेनमा हुन लागेको हो ।