काठमाडौँ – काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा गरिएको छ । आइतबार बसेको काठमाडौँ, भक्तपुर र ललितका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यका केही खुकुलो गर्दै थप एक साता निषेधाज्ञा लागू गर्ने निर्णय भएको हो ।


ADVERTISEMENT


उपत्यकाभित्र कोरोना संक्रमितको दर घटेपनि जोखिमदर उच्च नै भएकाले थप एक साता निषेधाज्ञा गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार अब खाद्यान्न पसलहरु बिहान ११ बजेसम्म खुला रहनेछन् । यस्तै विभिन्न किसिमका अनलाईन डेलिभरिहरु पनि खुला गरिएको छ भने पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ ।


ADVERTISEMENT

# # #


यस्तै बैठकले भिसा लिनका लागि सहजीकरण गर्ने, कृषि कार्य सञ्चालन गर्न दिने निर्णय गरेको छ भने हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने समेत निर्णय गरेको छ ।

पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेष्ठ ३१ गते (भोलि) सकिँदैछ ।