काठमाडौँ– ३ बर्ष अगाडिसम्म अभिनय गरी मोडलिङ क्षेत्रमा स्थापित हुने सपना बुनेर संघर्ष गरिरहेकी थिइन्, मोडल निशा घिमिरे । सोहि सपना चुम्ने अथाह चाहाना र उत्सुकताका साथ उनले एक भोजपुरी चलचित्र, केही नेपाली सिरियल र म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी थिइन् ।


ADVERTISEMENT


आफ्नो रुचीको विषयमा अझै प्रखर हुने इच्छासंगै अभिनय कोर्स अध्ययनका लागि भारतको देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएपछि उनको सपना पुरा गर्ने संघर्षमा एकाएक त्यहि पुर्णविराम लाग्यो । त्यसयता उनी करिब ३ वर्षदेखि ओछ्यानमै अर्धचेत अवस्थामा पल्टिराखेकी छन् ।


ADVERTISEMENT

# # #


मोडलिङ क्षेत्रमा स्थापित भएर दुनियाँसामु आफुलाई चिनाउने उनको सपना हाल आफ्नै बलमा एकपटक मात्रै उभिन सके मात्रै भएपनि हुनेमा परिणत भएको छ । यो चाहाना अहिले उनको मात्रै होइन उनको आमाबाबुको पनि सपना नै बनिसकेको छ । यद्यपि उनको अब भने उनको सो स्वास्थ्य अवस्थामा सुधार हुने अपेक्षा राखिएको छ ।

उनको अवस्थाको केहि तस्बिरसहित समाचार सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई हाल नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उद्दार गरेकी छिन् । उनकै पहलमा हाल नर्भिकमा मोडल घिमिरेको उपचार प्रकृया पुनः शुरु भएको छ ।

घाइते भए लगतै निशाको उपचार भारतमा भैरहेको थियो । तर, उनको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण भारतमा उपचार पुर्ण उपचार हुन नसकेपछि उनको परिवारले उनलाई नेपाल ल्याई काठमाडौंको ट्रमा सेन्टरस्थित ३ महिना उपचार गराएको थियो । यद्यपि त्यहाँ पनि उनको अवस्था सुधार हुन नसकेपछि, चिकित्सकको सल्लाहमा उनको विभिन्न थेरापी सेन्टरमा थेरापी पनि चलिरहेको थियो ।

उपचारकै क्रममा भएको पैसा पनि सकिनु र अर्कोतिर कोरोना संक्रमण पनि बढ्न थालेपछि उनलाई परिवारले उनलाई घरमै ल्याई राखेका थिए । अर्धचेत अवस्थामा घरमै रहेकी निशाको शरीर सुक्दै गएका कारण उनी झण्डै चिन्नै नसकिने अवस्थामा पुगेकी छिन् ।