काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच राष्ट्रपति निवास शीतल निवासमा एक घण्टा छलफल भएको छ । बुधवार राति साढे ७ बजेदेखि साढे ८ बजेसम्म राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटघाट भएको हो ।


ADVERTISEMENT


संसद् विघटनपछि उक्त विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि बहस चलिरहेको बेला बिहीवारका लागि सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीलाई समेत बोलाएर सर्वदलीय बैठक डाकेका छन् । सभामुखले बैठक डाकेकै दिन प्रधानमन्त्री र राष्ट्रपति भृट भएको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले ओली नियमित छलफल र भेटघाटका लागि शीतल निवास पुगेको जानकारी दिएका छन् ।