रौतहट – रौतहटमा प्रहरी र स्थानीयबासीबीच झडप हुँदा डीएसपी द्वारिका घिमिरेसहित ६ घाइते भएका छन् ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले निषेधाज्ञा पालना गराउन खोज्दा स्थानीयबासीसँग झडप भएको थियो ।


ADVERTISEMENT

# # #


विवाहको गाडीमा चर्को लाउड स्पिकरसहित जन्ती लिएर जान लागेको बेला प्रहरीले होहल्ला रोक्न खोजेको बताएको छ । जसमा स्थानीयले प्रहरीलाई घेरा हालेर आक्रमण गरिएको एसपी सिद्धिविक्रम शाहले बताए । आक्रमण गर्ने २ जनालाई पक्राउ गरिएको जानकारी उनले दिए ।