काठमाडौं – नेपाली कांग्रेसका युवा नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जंगबहादुरको नयाँ अवतारको संज्ञा दिएका छन्।


ADVERTISEMENT


उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले यसैअनुसारको संवैधानिक व्यवस्था हुनुपर्ने अभिव्यक्ति ओलीकै जंगबहादुर रुपको आडमा दिएको उनले आरोप लगाए। नेविसंघका पूर्वअध्यक्षसमेत रहेका नेता महरले मुख संविधान र बोली कानुनु भन्ने जंगबहादुरको शासन जस्तै ओली शासन पनि भएको टिप्पणी गरे। ओली सरकारकै उपप्रधानमन्त्री महतोले नेपाल बहुराज्यु भन्नु राष्ट्रघाती र जनघाती छ। उनले यो कुरा ओलीकै आडमा भनेका हुन्। महतोलाई यस्तो भनाउने ओली हुन्। यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छु, लोकतन्त्रका लागि युवा सञ्जालले आयोजना गरेको भर्चुअल कार्यक्रममा नेता महरले भने।


ADVERTISEMENT

# # #


विशेष गरी असंवैधानिक कदममार्फत ओली शक्ति केन्द्रले दिएको कार्यभार सम्पन्न गरेर नेपाललाई भड्खालोमा हाल्ने क्रममा रहेका वेला आएको अभिव्यक्ति प्रधानमन्त्रीसँगको साँठगाँठमा ट्रायलका रुपमा आएको एकिन भएको महरले दाबी गरे। राष्ट्रिय अखण्डतामाथि धावा बोल्ने महतोलाई बर्खास्त गरि प्रधानमन्त्रीले नेपाली जनतासँग माफी माग्न नेता महरले चेतावनी दिएका छन्। उनले राष्ट्रियतामाथि प्रहार गर्ने अधिकार कसैलाई नरहेको उनले बताए ।