सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रदेश सरकारले एक मन्त्रालय थप गरेसँगै खाली भएका दुई मन्त्रालयमा मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।


ADVERTISEMENT


सत्ता साझेदार दल नेपाली कांग्रेसको भागमा रहेका दुई मन्त्रालय विभिन्न कारणले करिब दुई महिनादेखि खाली थिए । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको अध्यक्षतामा शनिबार बसेको बैठकले जुम्लाबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकास र सुर्खेतबाट प्रदेशसभामा सदस्यमा निर्वाचित यज्ञबहादुर बिसीलाई सामाजिक विकासमन्त्रीमा सिफारिस गरेको थियो ।


ADVERTISEMENT

# # #


कांग्रेस संसदीय दलको सिफारिसबमोजिम कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार ९ः३० बजे प्रदेशसभा सदस्यद्वय श्रेष्ठ र बिसीलाई क्रमशः जलस्रोत तथा ऊर्जा विकास र सामाजिक विकासमन्त्रीमा नियुक्त गर्नुभएको हो । दुई मन्त्री नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

दुई मन्त्री नियुक्त भएपछि कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाही नेतृत्वको विसं २०७४ फागुन ६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा ९९० र धारा १७० को उपधारा ९१० बमोजिम मुख्यमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन भएको बेहोरा जानकारी दिए ।