काठमाडौं – विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८, विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको हो ।


ADVERTISEMENT


सरकारले गरेको यस सकारात्मक कदमको सर्हाना स्वरूप स्टकमा रहेको गाडीको समेत मूल्य परिमार्जन गरिएको दीगो इ८ कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ मूल्य रु. २१ लाख ९४ हजार ५०० तोकिएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


नयाँ बजेटमा विद्युतीय सवारी साधानको भन्सार महसुल र अन्तःशुल्क घटाउने घोषणा भएसँगै मानिसहरु दीगो इ८ को नयाँ मूल्य सार्वजनिक हुने प्रतीक्षामा छन् । दीगो इ८ यस सेग्मेन्टको ज्यादै लोकप्रिय कार हो । यसकारण परिमार्जित मूल्यमा सो गाडी उपलब्ध हुने खबर विद्युतीय कार खरिद गर्ने सोच बनाइरहेका ग्राहकका लागि निकै नै सकारात्मक रहने छ ।

दीगो इ८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको थियो । सरकारले विद्युतीय सवारी साधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडीहरु मूल्य घटाएर बिक्री गर्ने निर्णय लिएको हो ।

वातावरण, अर्थतन्त्र र ऊर्जा निर्भरताको सन्दर्भमा विद्युतीय सवारी साधनको लाभ निकै बढी छ । कम्पनीले दीगो विद्युतीय सवारी साधनहरु सुलभ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउँदै हरेकले विद्युतीय सवारी साधनका लाभ लिन अनुरोध गरेको छ ।

गत वर्ष यी विद्युतीय सवारीको आयातमा लाग्ने कर र महसुलहरु उल्लेख्य मात्रामा बढे पनि दीगो इ८ को मूल्य उच्च नराखिएको कम्पनीले जनाएको छ । अहिले दीगो ग्रुपले स्टकमा रहेका सवारी साधनहरु घटाइएको मूल्यमा बिक्री गर्ने घोषणा गरेको हो ।

दीगो इ८ तत्कालै मानिसको ध्यान खिच्न सक्ने ताजा डिजाइनको आधुनिक कार हो । यो आधुनिक डिजाइन र उच्चतम प्रविधिको समिश्रण हो, जसले कार्बन उत्सर्जन कटौतीमा योगदान गर्छ । यो कारमा १५.२ किलोवाट आवरको लिथिअम ब्याट्री जडित छ ।

यसको मोटर क्षमता १५ किलोवाट छ । एकपटकको चार्जले सामान्य सञ्चालन अवस्थामा यो कार १५० किलोमिटरसम्म (एनइडिसी २०० किलोमिटर) कुद्छ । यो कारलाई घरको सामान्य चार्जिङ प्लग जोडेर पाँच घन्टामा पूर्ण रुपमा सजिलै चार्ज गर्न सकिन्छ । दीगो इ८ को प्रतिकिलोमिटर बिजुली खर्च सामान्य सञ्चालन अवस्थामा १ रुपैयाँ १० पैसा मात्रै पर्छ ।