काठमाडौँ – नेपालमा बिहीवार थप ६ हजार ८ सय २५ जनामा कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १८ हजार ५६२ पिसिआर परिक्षणका क्रममा ५ हजार ८ सय २५ र ३ हजार २ सय ११ एन्टीजेन परिक्षणका क्रममा एक हजार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७५ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


हालसम्म नेपालमा सात हजार ६ सय ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ५ हजार ९०४ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् । हाल १ लाख १ हजार ८ सय ३९ सक्रिय संक्रमित आइशोलेशनमा र ८३१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म नेपालमा ३१ लाख ६ हजार ९ सय ३८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।