काठमाडौँ– कोरोना महामारीका कारण देश नै सिकिस्त बनिरहेको सन्दर्भमा यता सिटिजन्स बैंकले भने आफ्ना कर्मचारीको सेवा सुविधामा कुनै पनि कमी हुन दिएको छैन । यसको गतिलो उदाहरण हुन्, जुम्लाको सिमीकोटका खडग उपाध्याय ।


ADVERTISEMENT


सबै क्षेत्रलाई उत्तिकै असर पारेको कोरोना संक्रमणबाट कर्णाली प्रदेश पनि अछुत रहन सकेन । जसबाट उनीमा पनि संक्रमण देखियो । उसै त दुर्गम जिल्लामा सुचीबद्व रहेको हुम्लामा उनले भन्नेबित्तिकै उपचार पाउन सहज थिएन । यद्यपि उनको सो कल्पनाबाहिरको कुरालाई हबिगतमा बदल्दै बैंकले सो कुरा थाहा पाउने बित्तिकै हेलिकप्टर चार्टड गरेर उनलाई लिन हुम्ला पठायो । र, यहाँ ल्याएर काठमाण्डौको मेडिसिटी अस्पतालमा राखी उनको स्तरीय उपचार गराइयो ।


ADVERTISEMENT

# # #


झण्डै मृत्युको मुखमा परेको उपाध्यायले आफुले काम गर्ने संस्थाले आफुमाथि निभाएको अभिभाकत्व सम्झेर भावविह्ल हुदैँ भने, ‘संस्थाले नपत्याउने सहयोग गर्‍यो । म त आफूले पाएको सहयोग सम्झिएर चकित नै छु’,  उनले भने–‘बैंकले मेरा लागि लाखौं खर्च गर्‍यो । अन्य संस्थामा यस्तो अप्ठ्यारो अवस्थामा यति ठूलो सहयोग पाउनु कल्पनाभन्दा बाहिरको कुरा हो ।’

यो त एक उदाहण मात्र हो । वास्तवमै पनि विश्व नै आत्तिरहेको यस कोरोना महामारीको लहरमा सिटिजन्स बैंकले भने आफ्ना कर्मचारीका लागि एक दायित्वपुर्ण अभिभावकत्व निभाउँदै आएको छ । बैंकले कोभिड १९ को चपेटामा परेका आफ्ना कर्मचारीहरुको समयमै उपचार, उद्धार तथा हरसंभव राहातका लागि अपनाएको रणनीति उदाहरणीय छ ।

कोभिड–१९ लहरको शुरुवातीबाट नै मानव संसाधन विभागका सिनियर कर्मचारीसहितको संलग्नतामा क्वीक रेसपोन्स टिम बनाएको बैंकले दोस्रो लहरमा पनि निरन्तर सेवा प्रदान गर्दै आएको छ । सो टोलीले समस्यामा परेका कर्मचारीहरुको उद्धार, उपचार तथा राहातमा हरसंभव सहयोग गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल बताउँछन् । उनका अनुसार, बैंकको मुख्य कार्यालयमा गठित क्वीक रेसपोन्स टिमले प्रादेशिक कार्यालयहरुसँगको सहकार्यमा कोभिड संक्रमित कर्मचारीको स्वास्थ्यको विषयमा दैनिक अपडेट लिने गर्छ । ‘सकेसम्म महामारीमा परेर हाम्रा कुनै पनि कर्मचारीले ज्यान गुमाउन नपरोस् भनेर हामीले उनीहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं’, उनले भने ।

हालसम्म सिटिजन्स बैंकको मुख्य कार्यालय र देशभरका शाखा कार्यालयका १७७ जना कर्मचारी कोभिडको दोश्रो लहरको चपेटामा परेको उनको भनाई छ । तीमध्ये मेसेञ्जर, ड्राइभर र एक सुरक्षागार्ड गरी ३ जनाले ज्यान गुमाएका छन् । यस्तै, दोश्रो लहरमा हालसम्म कुल संक्रमित भएका १७७ मध्ये १२६ कर्मचारीले कोरोनाविरुद्धको लडाई जितिसकेका छन् । अझै ४८ जना सक्रिय संक्रमितको रुपमा रहेका छन् ।

यसरी बैंकले आफ्ना कर्मचारीको स्वासथ्य अवस्थाको बारेमा जिज्ञासा राख्ने र सोहि किसिमले आवश्यकता अनुसारको सेवा समेत प्रदान गर्ने प्रवृत्तिले आफुहरुको मनाबेल उच्च भएकोे बैंकमा कार्यरत कर्मचारीहरुको राय छ ।