काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रमले सरकारको घटिया सोच उजागर भएको बताएका छन् ।


ADVERTISEMENT


बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता थापाले संसद नभएका बेला जस्केलाबाट ल्याएको बजेटमा ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर सरकारले असली अनुहार देखाएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रस्ट भएको छ। यो नीतिगत भ्रष्टाचार हो ।’ उनले भनेका छन्, ‘आफ्ना यारलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लङ्ग भएको छ।’

चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरुभूमीकरण गर्न गरिएका प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको स्मरण गर्दै उनले यसपटक पनि सरकारको निर्णय रोकेरै छाड्ने दाबी गरेका छन् ।

उनले सरकारको यो निर्णयको प्रतिरोध गर्न आम नागरिक, सञ्चार क्षेत्र र नागरिक समाजलाई आह्वान गरेका छन् ।