काठमाडौँ– भनिन्छ ‘राजनीतिमा सँधै शत्रु र मित्रका भावना रहिरहँदैन’। माओवादी अध्यक्ष प्रचण्ड र चितवन महानगरपालिकाको मेयरमा पराजित एमाले नेता देवी ज्ञवालीको सन्दर्भमा पनि त्यस्तै भएको छ ।


ADVERTISEMENT


मत पत्र च्यान्त लगाएर छोरीलाई विजयी गराएको आरोप खेपिरहेका प्रचण्ड र देवी ज्ञवालीलाई एमाले अध्यक्ष केपी ओलीले ‘सरप्राइज’ दिएका छन् ।


ADVERTISEMENT

# # #


भरतपुर काण्डले पानी बाराबारको स्थितिमा पुगिसकेका प्रचण्ड र ज्ञवालीलाई बाम गठबन्धनले एक ठाउँमा ल्याएको छ । ओलीले बुधबार विहानै उनले भरतपुर महानगरको मेयरमा प्रचण्डपुत्री रेणु दाहालसँग झिनो मतले पराजित एमाले नेता देवी ज्ञवालीलाई आफ्नै निवासमा बोलाएर प्रचण्डसँग भेटाएका छन् । ज्ञवालीलाई प्रचण्डसँग भेट हुँदैछ भन्ने जानकारी पनि थिएन ।

देवी ज्ञवालीलाई भेट्नासाथ माओवादी अध्यक्ष प्रचण्डले उनको आदर्श र निष्ठाको प्रशंसा गरेका थिए । ‘त्यस्तो परिस्थितिको सामना गर्नुपर्‍यो तर पनि तपाई बिचलित हुनु भएन म तपाईबाट प्रभावित भएँ’ प्रचण्डको भनाइ उधृत गर्दै भेटका एक सहभागीले बताए ।

जवाफमा ज्ञवालीले भने आफू प्रचण्डलाई जिताउन तयार रहेको तर, एमालेलाई प्रयोगमात्र गर्ने रणनीति हो भने त्यो सम्भव नहुने बताएका थिए । पार्टी एकता गर्ने हो भने प्रचण्डलाई जिताउन आफूहरु लाग्ने र प्रचण्ड उठ्ने क्षेत्रका दुवै प्रदेश क्षेत्र एमालेले पाउनुपर्ने बताए ।

प्रचण्डको चुनावी कमाण्डर बन्न तयार

भरतपुरकाण्डले निकै तनावपूर्ण सम्बन्धबाट गुज्रिएको एमाले माओवादी सम्बन्ध केन्द्रमा निकै सुधार भए पनि चितवनमा ज्ञवालीले आलो चोट कसरी बिर्सेलान् भन्ने प्रश्न उठिरहेको बेला उनले आफू प्रचण्डको चुनावी कमाण्डर बन्न तयार रहेको बताएका छन् ।

पछिल्लो समय देवी ज्ञवालीले आफूलाई भरतपुरमा षडयन्त्रपूर्वक हराइएको बदला लिने भनेर चर्चा चलेपछि ओली र प्रचण्डलाई साक्षी राखेर उनले चुनाव जिताउने कसम खाएको भेटमा सहभागी कार्यकर्ताले बताए । उनले त्यसका लागि प्रचण्ड उठ्ने क्षेत्रका दुवै प्रदेश सभा सिट एमालेले पाउनुपर्ने ओली र प्रचण्डसँग माग गरेका छन् ।

ज्ञवालीले भने, ‘म राजनीतिक कार्यकर्ता हुँ, हिजो के भयो भन्ने कुरा समिक्षा गरौंला । तर, आज एमाले पार्टीले सिंगो देशको एकीकृत कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने अवसर आएको छ । म प्रचण्ड कमरेडको चुनावी कमाण्डर बनेर जिताउन तयार छु ।’

भेट पछि दुबैले फोटो स्सन गराएका थिए ।